चालु आर्थिक वर्षको मंसिरसम्ममा सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सार कार्यालयबाट भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा आठ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा सबैभन्दा बढी वीरगञ्ज नाका हुँदै दुई खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । यो नेपालको कुल आयातको ३४ प्रतिशत हिस्सा हो ।
यसैगरी निर्यातमा पनि वीरगञ्ज नाका नै अगाडि छ । चालु आवको मंसिरसम्ममा एक खर्ब दुई अर्ब बराबरको निर्यात भएकोमा वीरगञ्ज नाका हुँदै ४९ अर्ब ४१ करोड निर्यात भएको छ । कुल निर्यातको यो ४८ प्रतिशत हिस्सा हो ।
उच्च आयात हुने भन्सार कार्यालयमा वीरगञ्जपछि भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छन् । यसैगरी निर्यातमा पनि वीरगञ्ज भन्सार कार्यालयपछि भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस