Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको प्राविधिक विश्लेषण : २४८० नजिकै बजार, लगानीकर्ताले कस्तो रणनीति बनाउने त ?

अर्थ संसार

आइतबार, १९ मंसिर २०७८, १७ : ०० मा प्रकाशित

नेप्सेको प्राविधिक विश्लेषण : २४८० नजिकै बजार, लगानीकर्ताले कस्तो रणनीति बनाउने त ?

साताको पहिलो दिन आज पनि नेप्से घट्ने क्रम रोकिएन।  २५५५-२५४० को बिन्दुबाट बाउन्स ब्याक हुनसक्ने हाम्रो यसअघिको प्रक्षेपण विपरित बजार बजार करिब ७२ अंकले झर्दै करिब २५१३ को बिन्दुसम्म बजार आइपुगेको छ।  

बजार लगातार घटिरहने वा लगातार बढिरहने गर्दैन।  घट्दो ट्रेन्डको बजारमा पनि बीच बिचमा बाउन्स ब्याकहरु आइरहन्छन।  त्यस्तै बढ्दो ट्रेन्डको बजारमा पनि साना साना करेक्सनहरु आइरहन्छन। लगानीकर्ताले घट्दो बजारमा बन्ने हरिया क्यान्डलहरुमा प्रफ़िट बुकिङ्गमा ध्यान दिनुपर्ने हुन्छ भने बजार अत्याधिक घट्दै जाँदा भने स्विंग ट्रेडको लागि इन्ट्री गर्नेतर्फ ध्यान दिन सके कमाउने सम्भावना बढी रहन्छ।  यसरी बजार डाउन ट्रेन्डमा रहँदै गर्दा र बजार अत्याधिक घट्ने क्रममा किन्दा आफ्नो डिम्याट खातामा भएकै सेयर किनियो भने सानो स्विंगमा पनि नाफा गर्न सकिन्छ।  

बजारमा सबैको चासोको विषय भनेको नेप्सेले यसअघिको तल्लो बिन्दु २४८० लाइ रेस्पेक्ट गर्छ कि गर्दैन भन्ने हो।  यदि बजार २४८० भन्दा माथिल्लो बिन्दुबाटै माथितिर फर्किन थाल्छ भने नेप्सेको चार्टले  हाइअर लो बनाउनेछ जुन प्राविधिक रुपमा एकदमै राम्रो संकेत हो।  तर यदि बजारले २४८० को बिन्दुलाई रेस्पेक्ट गर्न सकेन र बजार २४८० भन्दा पनि तल जाने अवस्था बन्यो भने त्यसले त्यति राम्रो संकेत गर्दैन।  
त्यसैले प्राविधिक रुपमा हेर्दै गर्दा अबको सबैभन्दा महत्वपूर्ण बिन्दु २४८० को बिन्दु हो।  भोलिका दिनहरुमा २४८० को बिन्दुभन्दा पनि तलतिर बजार जाने अवस्था बनेमा बजार अझै तल खसेर जान सक्ने अवस्था आउन सक्नेछ।  त्यसरी घट्दै गर्दा बजार करिब २३८० को बिन्दुतिर पनि आउन सक्ने सम्भावना देखिन्छ।  

अब कस्तो रणनीति बनाउदा राम्रो ?

बजार २५०० भन्दा माथि माथि नै रहेको अवस्थामा अझै माथितिरको यात्रा हुने सम्भावना रहन्छ। तर बजार २४८० भन्दा तल जाँदै गर्दा बजार अझ खस्न सक्छ।  बजार अझै खस्छ भने अहिले बेचेर तल किन्दा झन् सस्तो पाइन्छ नि भन्ने किसिमको गल्ति गर्ने बेला यो होइन।  बजार अब अचम्मै घटे १००-१३० अंकले घट्न सक्ने देखिन्छ।  अहिले बजार जसरि घटिरहेको छ, त्यो हिसाबमा १०० अंक घट्न खासै समय लाग्दैन।  फेरी प्राविधिक विश्लेषण एउटा अनुमान न हो, ठ्याकै यस्तै हुन्छ भन्ने थाहा हुने त होइन।  त्यसैले अहिलेको अवस्थामा लगानीकर्ताले ध्यान दिनुपर्ने एउटै मात्र कुरा भनेको बजार धेरै नै घटेर तल गयो भने किन्न सक्ने क्षमता बनाएर राख्नुपर्यो।  त्यसको लागि आवश्यक फण्डको व्यवस्थापन गर्नुपर्यो।  अनि अर्को कुरा भनेको यस्तो अनिश्चयको बेलमा किन्दा आफुसंग खातामा भएको सेयर वा बजार अझ घटे पनि अलिक लामो समयको लागि राख्न सकिने किसिमको आधारभूत रुपमा बलियो सेयर किन्नु उपयुक्त हुन सक्छ।  
 

61aca059541d2.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको