Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको नेपालमै पहिलो पटक फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा

अर्थ संसार

सोमबार, २० मंसिर २०७८, ११ : ०६ मा प्रकाशित

कुमारी बैंकको नेपालमै पहिलो पटक फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने हेतुले गतवर्ष देखि फोनलोन सुविधा सञ्चालनमा ल्याएको थियो । यस छोटो अवधिको फोनलोन कर्जामा थप सविधा दिनको लागी कमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट प्राइभेट लिमिटेड सँगको सहकार्यमा EMI मा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैकले उक्त फोनलोन EMI सुविधा सञ्चालनमा ल्याएको हो। कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम एक हजार रूपैयाँदेखि अधिकतम २ लाख रूपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बीना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिनामध्ये कुनै एक अवधी छनोट गरी भुक्तानी गर्न सक्नेछन् ।

सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ती गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकलाई सहज हुने धारणा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले व्यक्त गरेका छन्।

यसको अतिरिक्त उक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आवद्ध विभिन्न मर्चेन्ट आउटलेट मा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यू आर स्क्यान (QR Scan) गरी सो को Buy Now, Pay Later अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ ।

आफ्ना देशव्यापी १९६ शाखा-संजाल, १७७ एटिएम, ३६ शाखारहित बैंकिङ्ग इकाई तथा १४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिवद्धता जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको