Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा पनि देखियो २ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

अर्थ संसार

सोमबार, २० मंसिर २०७८, १३ : २३ मा प्रकाशित

नेपालमा पनि देखियो २ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

विश्वमा पछिल्लो समय देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित नेपालमा पनि भेटिएका छन् । 

नेपालमा दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा ओमिक्रोनका संक्रमित भेटिएपछिको अवस्थाबारे छलफल गर्न सोमबार स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको