Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा राैनकता : नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

नेप्से

सोमबार, २० मंसिर २०७८, १४ : ५७ मा प्रकाशित

सेयर बजारमा राैनकता : नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजारमा हरियाली देखिएकाे छ । नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिकाे पहिलाे त्रैमासिक समिक्षा सार्वजनिक गरेपछि लगातार घटिरहेकाे बजार यस बीचमा जम्मा १ दिन ५.२८ अंकले बढेकाे थियाे । आज फेरि बजारले उकालाे यात्रा तय गरेकाे हाे । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार भएका सबै उपसमूह बढेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२२ अंकले बढेर २५४६.०९ विन्दुमा पुगेकाे छ । नेप्से १.२८ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.६३ अंकले बढेर ४८०.९८ विन्दुमा झरेकाे छ । 

कूल २२७ वटा कम्पनीकाे ९४ लाख ७१ हजार ३ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह बढेकाे छ ।

साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १७ कराेड १५ लाख ९३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ५७ रूपैयाँ २० पैसा पुगेकाे छ ।

यस दिन जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाले आजै मात्र लाभांश घाेषणा गरेकाे थियाे । संस्थाको मंसिर १९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाकाे लाभांशकाे नकारात्मक प्रभाव परेकाे छ ।

 

याे पनि :

हरेक लगानीकर्ताको एउटै प्रश्न के बजार बेयरिस गएको हो ? Technical Mantra with Jay Shambho | Ajay Singh

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको