Like us!
Follow us!
Connect us!
Watch us!

वेब ३.० के हाे ? के-के छन् यसका विशेषता ?

धिरज पौड्याल

सोमबार, २० मंसिर २०७८, १५ : ५५ मा प्रकाशित

वेब ३.० के हाे ? के-के छन् यसका विशेषता ?

कोभिडको प्रभावले इन्टरनेटमा धेरै प्रयोगकर्ता बढेका छन् । कोभिडले धेरै व्यक्तिहरूलाई घरमा नै बस्न बाध्य बनाएको थियो। सबै संस्थाका कामहरू घरबाट गर्नु पर्ने तथा दैनिक काम हरु इन्टरनेटको प्रयोग गर्नुपर्ने भएको हुँदा वृद्ध तथा बालक सबै क्रियाकलाप अनलाइन भएका कारण यश समयमा धेरै नयाँ प्रयोगकर्ता जोडिएका थिए । धेरै वेबसाइटहरूमा प्रयोगकर्ताको चाप धान्न नसकेर डाउन भएका घटना हरुपनि आएका थिए। प्रविधिको विकास सँगै बढेको इन्टरनेटको प्रयोग र इन्टरनेटको विकास तिब्र रूपमा बढेको छ र अहिले विश्वभर वेब ३.० को चर्चा चल्न थालेको छ । यस खण्डमा हामी वेब ३.० को आधारभूत विषयमा कुरा गर्नेछौँ ।

वेब ३.० लाई बुझ्नु अघि इन्टरनेट को विकास तथा वेब २.० को बारेमा बुझौं। वेब १.० सन् १९८० को दशकमा भएको विश्वास गरिन्छ त्यसपछिको इन्टरनेटको पुस्ता वेब २.० र हाल विकासको चरणमा रहेको इन्टरनेट वेब ३.० हो।

वेब १.० इन्टरनेटको सुरुवाती चरणको इन्टरनेट प्लाटफोर्म हो।वेब१.० नर्मल स्टेटिक वेबसाइट मा आधारित वेबसाइट हुन । यसलाई सामान्य भाषामा बुझ्दा यी वेबसाइटलाई  ब्राउज गर्न तथा लेखक (वेबसाइट निर्माता) ले राखेका सामग्रीहरू लेख (टेक्स्ट) को रूपमा पढ्न मात्र सकिन्थ्यो। जसलाई इन्टरनेटको समयको ठूलो सफलता मानिन्छ। वेब १.० मा प्रयोगकर्ताले लेखकले राखेका सामग्रीहरू पढ्न मात्र सक्दथे भने पाठकलाई उक्त लेखमा कुनै पनि किसिमको टिप्पणी गर्ने सुविधा हुने थिएन । त्यसपछिको वेबसाइटको पुस्ता वेब २.० को आविष्कार तथा विकास भयो र यसका आविष्कारक डार्सी डानुसी हुन । इन्टरनेटको प्रयोगको हिसाबले क्रान्तिकारीत रूपमा परिवर्तन भएको वेबसाइट हुन् । यी वेबसाइट हरुलाई डायनामिक तथा इन्टरयाक्टिभ वेबसाइटको रूपमा परिचय दिने गरिन्छ। यस प्रविधिमा तपाईंले लेखकले लेखेका शब्दहरू मात्र नभई अन्य सामग्रीहरू पढ्न सक्नुहुन्छ र तपाईंले पढ्दै गर्नुभएको लेख बनेको वेबसाइट पनि वेब २.० मा आधारित छ र लेख को अन्त्यमा तपाईंलाई टिप्पणी गर्ने सुविधा राखिएको छ जसले तपाईं र हामी बिच अन्तर्क्रिया गर्न मद्दत मिलेको छ। सन् २००० को दशकमा विकास भएको प्रविधिको मद्दतले धेरै सामाजिक सञ्जालहरुको पनि विकास भयो जसले प्रयोगकर्ता बीच दोहोरो अन्तर्क्रिया सहज बनायो। ई कमर्स को प्रयोग तिब्ररुपमा वृद्धि भयो । ई कमर्सको प्रयोगले उत्पादक हरुले आफ्नो उत्पादनलाई इन्टरनेटको मद्दतले अनलाइन रूपमा बेच्ने गर्दछन् जसमा क्रेता तथा बिक्रेताले दोहोरो अन्तरक्रियाका बीच समान हरु खरिद बिक्री गर्छन ।

वेब २.० लाई व्यक्ति व्यक्ति बीचको अन्तरक्रियाको विशेषताले मुख्य विशेषताको रूपमा लिने गरिन्छ। अब अहिले विकासको चरणमा रहेको इन्टरनेटको नयाँ पुस्ता वेब ३.० । वेब ३.० लाई बौद्धिकताको दृष्टिकोणबाट लिने गरिन्छ। वेब ३.० बौद्धिकताको त्यो रूप हो जहाँ व्यक्ति व्यक्तिविचको अन्तर्क्रिया मात्र नभई सफ्टवेयर सफ्टवेयर बीच अन्तरक्रिया हुनेछ । वेब ३.० इन्टरनेटको नयाँ परिवर्तित रूप हो जसको विकास वेब२.० का विभिन्न कमीकमजोरी सुधार्नका साथै इन्टरनेटमा हुने डाटा हरुको सुरक्षित तथा यस्लाई विकेन्द्रित वेबसाइटको रूपमा विकास गर्न खोज चलिरहेका छन्। वेब ३.० मा प्रयोगर्ताहरूका तथ्याङ्क तथा जानकारी पूर्ण रूपमा सुरक्षित रहन्छन्। प्रयोगकर्ताको दृष्टिकोणबाट यो प्रविधि खुल्ला प्रविधि (ओपन सोर्स) रहेको हुन्छ, साथै यस्मा प्रयोगकर्ताले गर्ने वेब ब्राउजिङ सेक्युरिटी सुरक्षित रूपमा राखिएको हुन्छ।वेब ३.० ले इन्टरनेटको थुप्रै त्रुटि तथा दुरुपयोग लाई नियन्त्रणमा लिने विश्वास गरिन्छ। वेब ३.० विकेन्द्रीकृत रहने हुँदा येसको नियंत्रण कुनै एक व्यक्ति वा संस्थासँग नभएर इन्टरनेटको प्रयोग गर्ने सबै व्यक्तिहरुसँग रहने छ। जस्तै कृप्टोकरेन्सी को तथ्याङ्कलाई कुनै एक व्यक्तिले नभएर डाटा ब्लक्चेनमा सुरक्षित राखिन्छ त्यस्तै गरी यो विकेन्द्रीकृत प्रणालीमा प्रयोगकर्ताको डाटा कुनै एक कम्प्युटरमा नभएर ब्लकचेनमा राखी धेरै ओटा कम्प्युटरबाट निरीक्षण गरिने हुँदा तपाईंको डाटा सुरक्षित रहने छ। यदि कोही ह्याकरले डाटा पाइरेसी गर्ने खोजीमा सबै कम्प्युटरको डाटा एकै पटक ह्याक गर्न सक्दैन त्यसैले तपाईंको डाटा पूर्ण रूपमा सुरक्षित रहन्छ।

वेब ३.० ले तुलनात्मक रूपमा इन्टरनेटको प्रयोग सुरक्षित तथा विश्वसनीय बनाउने विश्वास गरिन्छ र यसलाई भबिष्यको इन्टरनेट पनि भनिन्छ। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको