नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले नेपाल राष्ट्र बैंक बजारबाट पैसा तान्दा तान्दै हालय कायल भएको बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा रौनियारले अहिले बजारमा अधिक तरलता रहेको र त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले पैसा तान्नु पर्ने बाध्यता रहेको बताएका हुन् ।
यो अवस्थामा सेयर बजार बढ्नु पर्ने भए पनि राजनीतिक अस्थिरताका कारणले बजारले गति लिन नसकेको उनको भनाइ छ । सरकारले चुनाव हुने सुनिश्चितता र फेरि आन्दोलन हुँदैन भन्ने कुरामा आश्वस्त पार्न सकेमा सेयर बजार बढ्ने बताए । अहिले राष्ट्र बैंकमा प्रशस्त मात्रामा विदेशी मुद्राको सञ्चिति रहेको, रेमिट्यान्स पनि उलेख्य मात्रामा बढेको र मूल्य वृद्धि पनि कम रहेको भन्दै सबै कुराले बजारलाई सपोट नै गरेको बताए ।
यस्तो अवस्थामा केही सुधारका कामहरु भएको खण्डमा बजारले गति लिने उनको विश्वास छ । सरकारले गर्ने भनेको स्थिरता र गर्ने भनिएका काम हुने सुनिश्चिता गर्नु पर्ने उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस