सोमबार सेयर बजार घट्र कारोबार भयो । कारोबार रकम पनि घटेको दिन चार कम्पनीमा भने सकारात्मक सर्किट लागेको छ । आज ९० कम्पनीको सेयर मूल्य बढेको दिन चार कम्पनीमा भने १० प्रतिशतको वृद्धि भएको हो ।
आज सेयर बजारमा दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रो र मावलिङ इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज दरमखोलाको सेयर मूल्य ४८ रुपैयाँ ६० पैसाले बढेर ५३५ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो ।
त्यस्तै आज सागर डिस्टिलरीको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात ३५ रुपैयाँ १० पैसाले बढेर ३८६ रुपैयाँ ५० पैसा पुगेको छ । आज बुंगुल हाइड्रोको सेयर मूल्य ३० रुपैयाँ २० पैसाले बढेर ३३२ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले धेरै हो । आज मावलिङ इनर्जीको सेयर मूल्य ४६ रुपैयाँ ४० पैसाले बढेर ५११ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस