Like us!
Follow us!
Connect us!
Watch us!

क्षतिग्रस्त संरचनाको २ महिनापछि पुनर्निर्माण सुरु हुन्छ - अर्थमन्त्री खनाल

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, १७ : ५४ मा प्रकाशित

क्षतिग्रस्त संरचनाको २ महिनापछि पुनर्निर्माण सुरु  हुन्छ  - अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले सिंहदरबारभित्रका क्षतिग्रस्त संरचनाको पुनर्निर्माण हालको बजेटकै व्यवस्थाभित्रबाट दुई महिनाभित्र सुरु गरिने बताए। उनका अनुसार जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण सरकारी संरचनामा करिब सय अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

जेन जी आन्दोलन क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न स्थापना गरिएको कोषमा ८ करोड रुपैयाँ जम्मा भएको उनले जानकारी दिए । मन्त्री खनालले टुक्रे आयोजनाहरूको बजेट कटौती गरी हुलाकी, मध्य पहाडी लोकमार्ग, बिपी राजमार्ग लगायतका  रणनीतिका आयोजनाहरूलाई प्राथमिकतामा राखेर बजेट छुट्टाइएको उल्लेख गरे । जेनजी आन्दोलनको माग अनुसार बजेटको सही परिचालनका लागि सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डलाई प्रभावकारी बनाइएको उनले बताए । मन्त्री खनालले आयकर घटे पनि समग्र राजस्व बढेको बताए ।

उनले जेनजी आन्दोलनपछि सेप्टेम्बरमा पर्यटक आगमनको सङ्ख्या घटे पनि त्यसपछि भने पर्यटक आगमनको सङ्ख्या निकै बढेको धारणा राखे । उनले जेनजी आन्दोलनपछि निजी क्षेत्रमा भएको क्षतिपछि व्यावसायिक वातावरण बनाउन सरकारले अधिकतम पहल गरेको जानकारी दिए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको