Like us!
Follow us!
Connect us!
Watch us!

ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक

पत्रपत्रिका

मंगलबार, २१ मंसिर २०७८, ०७ : ३८ मा प्रकाशित

ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक

अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा। एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए।

सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षिण अफ्रिकाबाट प्राप्त प्रारम्भिक प्रतिवेदनले पनि यो भेरियन्टका कारण अस्पताल भर्ना हुनेको संख्या डरलाग्दो हिसाबले बढोत्तरी नभएको सूचना दिएको छ।

‘यो भेरियन्टका कारण रोगको जटिलता त्यति धेरै देखिएको छैन। तर यो जटिल नभएको र यसले डेल्टाको तुलनामा गम्भीर हिसाबले बिरामी नपार्ने भनेर लापरबाही नगरी सावधान हुन जरुरी छ,’ डा। फाउसीले भने। अमेरिकाका एकतिहाइ राज्यमा ओमिक्रोन देखिएको छ। 

नागरिक दैनिकमा समाचार छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको