Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से दाेहाेराे अंकले घट्याे, "बजार घट्नुपर्ने जति घटिसक्याे अब घट्ने मार्जिन छैन"

नेप्से

मंगलबार, २१ मंसिर २०७८, १५ : ०६ मा प्रकाशित

नेप्से दाेहाेराे अंकले घट्याे, "बजार घट्नुपर्ने जति घटिसक्याे अब घट्ने मार्जिन छैन"

आज (मंगलबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिकाे पहिलाे त्रैमासिक समिक्षा सार्वजनिक गरेपछि लगातार घटिरहेकाे बजार हिजाे (साेमबार) भने ३२.२२ अंकले बढेकाे थियाे । आज फेरि बजारले ओरालाे यात्रा तय गरेकाे हाे । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ ।

ट्रेडरहरू हावी हुँदा अहिले बजार घटेको लगानीकर्ता नवराज दहालले बताएका छन् ।  हिजो बजार बढेपछि यसअघि न्यूनतम मूल्यमा सेयर किन्ने लगानीकर्ताहरूले नाफा बुक गर्दा आज बजार घटेको उनले बताए । ४/१२ को सेलिङ प्रेसर बजारमा अझै पनि आइरहेको उनी बताउँछन् । त्यतीबेला होल्ड गरेर राख्नेहरूले रातो नबनाइकिन हरियो हुँदै अलिकति उच्च मूल्यमा लगेर बेचौँ भन्ने चाहानाले उच्च मूल्यमा बेच्न खोजिरहँदा बजार हावी भएको उनको तर्क छ । 

राष्ट्र बैंकले लघुवित्तहरूलाई पनि सेयर बेच्न निर्देशन दिएको हुनाले उनीहरूको होल्डिङ आउनै बाँकी रहेको र लघुवित्तहरूले नाफा बुक गर्दै जाने उनले बताए । अब बजार घट्नुपर्ने जति घटिसकेको र घट्ने मार्जिन नभएको उनको धारणा छ । बजार १८ सयको इन्डेक्समा हुँदा ठूला ठूला कम्पनी आइनसेका बताउँदै उनले अहिले बजारमा ठूला ठूला कम्पनीहरूको प्रवेश भइसकेको बताए । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.१८ अंकले घटेर २५३०.९० विन्दुमा झरेकाे छ । नेप्से ०.६० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.८६ अंकले घटेर ४७८.११ विन्दुमा झरेकाे छ । 

कूल २३१ वटा कम्पनीकाे ८३ लाख ३० हजार ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ । 

मंगलबार प्राइम कमर्सियल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १२ कराेड ३६ लाख ४७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज सिटिजन्स म्युचुअल फण्ड २ काे मूल्य सबैभन्दा धेरै बढेकाे छ । फण्डकाे मूल्य ४.६५ प्रतिशतले बढेर १० रूपैयाँ १३ पैसा पुगेकाे छ । 

यस दिन आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । फाइनान्सकाे सेयरमूल्य ७.६५ प्रतिशतले बढेर ७ सय १२ रूपैयाँमा झरेकाे छ । 

याे पनि :

हरेक लगानीकर्ताको एउटै प्रश्न के बजार बेयरिस गएको हो ? Technical Mantra with Jay Shambho | Ajay Singh

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको