Like us!
Follow us!
Connect us!
Watch us!

ओमिक्रोन भेरियन्ट देखिएका दुई जना सङ्क्रमणमुक्त

पत्रपत्रिका

बुधबार, २२ मंसिर २०७८, ०७ : ४१ मा प्रकाशित

ओमिक्रोन भेरियन्ट देखिएका दुई जना सङ्क्रमणमुक्त

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएका दुई जना विदेशी नागरिकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूलाई मङ्गलबार कोरोना परीक्षण गरिएकोमा कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले मङ्गलबार गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । गत मङ्सिर ३ गते नेपाल आएका ६६ र ७१ वर्षीय दुई विदेशी नागरिकको जिन सिक्वन्सिङ गर्दा उनीहरूलाई कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । प्रवक्ता डा। पौडेलले हाल पनि उनीहरूको अवस्था सामान्य रहेको र क्वारेन्टाइनमा बसिरहेको जानकारी दिए । 

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको