Like us!
Follow us!
Connect us!
Watch us!

धेरै कम्पनीको पिई रेसियो १५ भन्दा तल आएको छ, यो सेयर खरिद गर्ने समय होः सञ्जोग कोइराला

अर्थ संसार टक

बुधबार, २२ मंसिर २०७८, १३ : ४२ मा प्रकाशित

लगानीकर्ता तथा सेयर विश्लेषक सञ्जोग कोईरालाले अहिलेको घट्दो बजारले शेयर खरिद गर्ने उचित समयलाई दर्शाएको बताएका छन् । 

अर्थ संसार डटकमको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुरागर्दै युवा उद्यमी तथा सफल लगानीकर्ता कोइरालाले अहिले धेरै कम्पनीहरुको प्राईस टु अर्निङ(पिई) रेसियो १५ भन्दा तल वा नजिक रहेको जानकारी गराउँदै यो सेयर खरिद गर्ने उक्तम समय रहेको बताएका हुन् । 

“केही बैंकहरुको पिई रेसियो अहिले १५ भन्दा तल आइसकेको छ, 'The Father of Value Investing' भनेर चिनिने enjamin Graham ले सधै के भन्नुहुन्छ भने कुनै कम्पनीको पिई रेसियो १५ भन्दा तल आयो भने त्यो किन्ने समय हो, यो अहिले नेपाली सेयरबजारमा लागु भईरहेको छ ।” उनले बेन्जामिनको भनाई उदृत गर्दै कोईरालाले भने । 

धेरै स्टकहरुको मूल्य घटिरहेको अवस्थामा दिर्घकालको लागि लगानी गर्ने पैसा आफुसँग छ भने सेयरमा लगानी गर्ने यो सहि समय भएको उनको भनाई छ । 

आफुसँग भएको ७० प्रतिशत रकम अहिले सेयरमा लगानी गर्न उनले सुझाव दिएका छन् । साथै बजार कुनै पनि व्यक्ति तथा संस्था विशेषको कन्ट्रोलमा नहुँने हुँदा अझै पनि घट्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बाँकी रहेको ३० प्रतिशत यदि बजार घटीहालेको खण्डमा आफ्नो पूजीँ सन्तुलित गर्न राख्नुपर्ने पनि उनको सुझाव छ । 

अहिले बजारमा पूजीँको अभाव भएको लगानीकर्ता कोइरालाको बुझाई छ । साथै लकडाउनको कारण अन्य लगानीका क्षेत्र ठप्प हुँदा सबै पैसा सेयर बजारमा आई बजार ३२ सयको बिन्दू नजिक पुगेपनि विस्तारै अन्य बजार तथा लगानीका क्षेत्रहरु चलायमान हुँदा पैसा बाहिरीएको बताए । 

उनले भने “कोरोनाको प्रभाव भखर्रै खुल्दै जाँदा चाडवाड सुरु भयो, व्यापारीहरुले सेयर बजारको पैसा निकालेर आफ्नो व्यावसायलाई पुनः निरन्तरता दिन थाले । बजारमा पूजीँ चलायमानको अवस्था कम भयो सोही समयमा कम्पनीहरुले केही ढिला गरेर लाभांश सार्वजनीक गरे । अर्थात बजारबाट पूजीँ बाहिरिने र कम्पनीले लाभांश प्रस्ताव गर्ने समय एउटै भयो जसले गर्दा लाभांश सार्वजनीक हुँदै गर्दा पनि बजार बढ्न सकेन ।” 

साथै कम्पनीहरुले लाभांश प्रस्ताव पनि केही ढिला गरेर सार्वजनीक गरेको उनको आरोप छ । 

अहिले पूजीँको अभावका कारण बजार केही समय घटेपनि घटिनरहने बताए । अहिले अन्धाधुन्दा बजारमा छिरेका केही लगानीकर्तामा डर उत्पन्न भएपनि यो डर बजार दुई दिन मात्रै बढ्यो भने परिर्वतन हुन्छ । साथै पछिल्लो समय राजनैतिक अस्थिता र नियामक निकायले दिने सूचना तथा समाचारले पनि लगानीकर्ता हच्किए पनि बजार बढ्ने र बजारमा कमाईको थायित्व हुने बताए । 

वियरिस मार्केटमा आफुसँग राम्रो ज्ञान नभई सेयर बजारमा छिर्नु मुर्खता हो भने कारोबार रकम र औषत भलुम राम्रो आइरहेको अपट्रेडिङ मार्केट सामान्य ज्ञानले मात्रै पनि बजारमा छिर्ने हो भने कमाई हुने उनको भनाई छ । 

नेपाली बजारमा सम्पत्ति कमाउने माध्यम भनेको रियल स्टेट वा सेयर मार्केट रहेको जनाउँदै रियल स्टेटमा सबै लाग्न सक्ने अबस्था नरहँदा सेयर बजार सबैको पहुँचमा पुग्ने र संयम भएर लाग्ने हो भने एकको दुई र दुईको चार कमाउन सकिने उनको भनाई छ । 

“सम्पत्ति आर्जन गर्नका लागि नेपालमा दुई बाटा छन्, पहिलो रियल स्टेट र दोस्रो सेयर बजार हो । तर, रियल स्टेटको लागि सुरुमै पूजीँ बढी चाहिने हुँदा सबैमा यो सम्भावना हुँदैन तर सेयर बजारमा हजार रुपैयाँबाट मात्रै छिर्न सकिने हुँदा यो सबै नेपाली युवाहरुको पहुँचमा हुन्छ ।” उनले भने । 

यद्यपी सेयर बजारबाट सम्पत्ति आर्जन गर्न पनि ज्ञान हुनुपर्ने उनको भनाई छ । बजारमा लगानी मात्रै गरेर पनि नहुने र ट्रेडिङ मात्रै पनि गरेर कमाउन नसकिने कोइराला बताउँछन् । यसको लागि टेक्नोफण्डामेन्टल विश्लेषक हुनुपर्ने उनको भनाई छ । 

साथै कति पैसा कति समयको लागि लगानी गर्दै छु भन्ने कुरामा लगानीकर्ता स्पष्ट हुनुपर्ने र जोखिम बहन गर्ने क्षमता अनुसार बजारमा प्रवेश गर्नुपर्ने हुन्छ । त्यसपछि आफुसँग भएको पुजीँको ६० प्रतिशत बोनस राम्रो दिने कम्पनी छनोट गर्ने र बाँकी ४० प्रतिशतले टे«ेडिङ गर्नुपर्ने उनी बताउँछन् । साथै टे«ेडिङ गर्नको लागि दिनमा दुई देखि तीन घण्टा बजारलाई दिनैपर्ने हुन्छ । अन्यथा ट्रेडिङ नगर्न नै उनको सुझाव छ । 

सफल लगानीकर्ता तथा सेयर गुरु भनेर चिनिने कोइराला एक युवा उद्यमी÷व्यावसायी तथा चलचित्रकर्मी पनि हुन् । फनिसिङ, फुड एण्ड बेब्रिज अन्र्तगतका कम्पनीहरुमो उनको लगानी छ । माताको चाहना अनुसार नेपाली चलचित्र उद्योगमा काम गरिसकेका र पिताको सपना पुरा गर्दै भारतबाट चाटर्ड अकाउन्ट पढेका सञ्जिोग कोइरालासँग व्यावसायमा असफलता/सफलता देखि सेयर बजारमा पाएको सफलताको विषयमा अर्थ संसार डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेसँग गरेको भिडियो कुराकानीको अंश: 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको