Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा भारी गिरावट, काराेबारमा नेशनल हाइड्राेपावर अब्बल

नेप्से

बुधबार, २२ मंसिर २०७८, १५ : ०७ मा प्रकाशित

नेप्सेमा भारी गिरावट, काराेबारमा नेशनल हाइड्राेपावर अब्बल

आज (बुधबार) पनि सेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिकाे पहिलाे त्रैमासिक समिक्षा सार्वजनिक गरेपछि लगातार घटिरहेकाे बजार यस बीचमा जम्मा २ दिन बढेकाे थियाे । नेप्से परिसूचक भारी अंकले घट्दा काराेबार भएका सबै उपसमूहकाे सेयर घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५३.१० अंकले घटेर २४५५.८० विन्दुमा झरेकाे छ । नेप्से २.१२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.३४ अंकले घटेर ४६४.७९ विन्दुमा झरेकाे छ । 

कूल २२६ वटा कम्पनीकाे ६५ लाख ६० हजार ९ सय ४७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

61b07bede236c.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै व्यापार, विकास बैंक र फाइनान्स समूह घटेकाे छ । 

61b07bf168e17.jpg

बुधबार नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ११ कराेड ८८ लाख १५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

61b07bf6932e0.jpg

आज स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । बैंककाे सेयरमूल्य १.९४ प्रतिशतले बढेर ४ सय ५० रूपैयाँ ८० पैसा पुगेकाे छ । 

61b07bfadf29a.jpg

यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाकाे सेयरमूल्य ८.५४ प्रतिशतले घटेर एक हजार एक सय ६८ रूपैयाँमा झरेकाे छ । संस्थाले लाभांश नदिने घाेषणा गरेसँगै यसकाे सेयरमूल्यमा नकारात्मक प्रभाव परेकाे हाे ।

61b07bffc7f8d.jpg

याे पनि :

हरेक लगानीकर्ताको एउटै प्रश्न के बजार बेयरिस गएको हो ? Technical Mantra with Jay Shambho | Ajay Singh

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको