Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरुमा दीर्घकालीन लगानी गर्ने भन्दा पनि छोटो समयमा अत्याधिक आम्दानी गर्न मोह बढ्यो

लगानीकर्ताको आवाज

विहीबार, २३ मंसिर २०७८, ०७ : १५ मा प्रकाशित

लगानीकर्ताहरु सेयरबजारमा दीर्घकालीन लगानीको योजना बनाएर प्रवेस गर्नुभन्दा पनि छोटो समयमा अत्याधिक आम्दानी गर्न सकिन्छ भन्ने हल्लामा बजार प्रबेश गर्ने प्रवृति बढेको बताउँछन् अनुभवी लगानीकर्ता एबम् प्रध्यापक हरी कुमार कार्की ।

"लगानीकर्ताहरु सेयरबजारमा इन्भेस्टर बनेर प्रवेश गर्नुको सट्टा ट्रेडर बनेर प्रवेश गर्ने तथा नयाँ लगानीकर्ताहरु आज नै कमाउने,शर्ट टर्ममा नै मनग्य कमाउने उद्देश्य राखेर बजारमा प्रवेश गर्ने गर्छन् जसका कारण बजारमा देखिने सानो सानो करेक्सनमा आत्तिन्छन् र केही मात्रामा भएपनि बजार समेत प्रभावित हुन्छ" कार्कीले भने । 

लगानीकर्ताहरुमा सेयर किनेपछि उक्त कम्पनीमा स्वामित्व हुन्छ वा उक्त कम्पनीबाट लाभांश प्राप्त हुन्छ भन्ने तर्फ भन्दा पनि तत्कालनै कति क्यापिटल गेन हुन्छ भन्ने तिर बढि केन्द्रित हुँदा अहिलेका नयाँ लगानीकर्ताहरुले नोक्सान भोग्नुपरेको उनी बताउँछन् । अनुभवलाई जोड्दै उनी थप्छन् "केही वर्ष अघि सेयर बजारमा ट्रेडर भन्दा पनि इन्भेस्टर मानसिकता भएका व्यक्तिहरू धेरै थिए उनीहरू तत्कालै कमाउने भन्दापनि अबको २-३ बर्ष कति कमाउन सकिएला भन्ने सोचले लगानी गर्थे जसले गर्दा बजारमा आउने सामान्य उतारचढावमा लगानीकर्ताहरुमा उच्च त्रास हुँदैन थियो । 

नेपाली सेयरबजार फण्डामेण्टलले भन्दा पनि फण्डामा चल्ने कुरालाई उदृत गर्दै उनि भन्छन्, "नेपाली सेयरबजारमा ग्रुपीजमको आडमा सेयरबजार लाई सुनियोजित रुपमा प्रभाव पार्न खोज्छन् तर पनि यदि तपाईले राम्रो कम्पनीको सेयरमा लगानी गर्नुभएको छ भने बजारमा जस्तो हल्ला भएपनि निर्धक्क भएर उक्त सेयर होल्ड गर्नुपर्छ" | केही समयअघि सेयरबजार बिभिन्न फण्डाका कारण सेयरबजार घट्दै गएतापनि सेयरबजार पुनः बुल लयमा फर्केको उदाहरण दिँदै उनी भन्छन "सेयरबजार कुनै समयमा घटेता पनि पुनः फर्किनेछ र आफ्नो लगानीमा आत्तिएर निर्णय लिनु भन्दापनि आफ्नो लगानीमा विश्वास गरे नाफा बुक गर्न सकिन्छ ।" 

सेयर बजार र सरकारका कुरा जोड्दै उनी भन्छन "सरोकारवालाहरु तथा सरकार सेयर बजार प्रति सकारात्मक भएमा मात्र राष्ट्रले आर्थिक विकासको गति लिन्छ । आर्थिक रुपले विकासित विभिन्न देशहरूको उदाहरण दिँदै उनी थप्छन् विकसित राष्ट्रहरुका सरकारले उद्यमीहरुलाई आर्थिक आवश्यकताको परिपूर्ति गर्नलाई सेयर बजारको प्रयोग गर्न मध्यस्थता भूमिकामा रहने गर्छ छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लगानीकर्ता राकेश झुनझुनवाला सँग गरेको भेटघाटलाई छुट्टै प्राथमिकता साथ हेरिएको थियो जसबाट पनि सरकारको सेयर बजार प्रतिको धारणा प्रश्ट बुझिन्छ ।" 

नेपालमा अघिल्लो आर्थिक बर्षमा सेयर बजारले देशको राजश्वमा गरेको योगदान लाई जनाउँदै उनी भन्छन् "सरकारले आर्थिक उपलब्धि कायम गर्न सेयर बजार र लगानीकर्तालाई पारस्परिक विश्वास कायम गराउन मध्यस्तताको भूमिका र्निवाह गर्नुपर्ने जरुरी देखिन्छ ।" ]
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको