भायनेट कम्युनिकेसन्स प्राइभेट लिमिटेडले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेशन सर्भिस नेपाल (CHINAICTC) सँग साझेदारी गरेको छ ।
यो साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम (५,६,७) प्रदेशहरुमा द्रुत गतिमा आफ्नो उच्च गतिको फाइबर नेटवर्क निर्माण र विस्तार गर्न सहयोग गर्नेछ ।
भायनेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठक बोहराले भने, “CCS सँग साझेदारी गरेर, हामी पश्चिम नेपालमा हाम्रो अत्याधुनिक उच्च गतिको फाइबर नेटवर्क निर्माण गर्न अनुभवी अन्तर्राष्ट्रिय टोलीसँग काम गरिरहेका छौं । यो पश्चिम नेपालमा हाम्रा ग्राहकहरूलाई विश्वस्तरीय इन्टरनेट र डिजिटल सेवाहरू उपलब्ध गराउने हाम्रो निरन्तर प्रतिबद्धताको एक हिस्सा हो।”
भायनेटले ग्रामीण दूरसञ्चार विकास अनुदान परियोजनाअन्तर्गत डोटी, दार्चुला, डडेल्धुरा र बैतडीका दुर्गम जिल्लाहरूमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने काम पनि सफलतापूर्वक सम्पन्न गरेको छ ।
चाइना कम्युनिकेसन सर्भिसेज (CCS) चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई दूरसञ्चार पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउने काममा संलग्न छ । CCS सँग संसारभरि अत्याधुनिक फाइबर पूर्वाधारको डिजाइन, विकास र कार्यान्वयन गर्ने अनुभव छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस