Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको मूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, ०६ : २० मा प्रकाशित

नेप्सेमा २ कम्पनीको मूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र आइसिएफसी फाइनान्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीहले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज मंसिर २३ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२.३० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ९ सय १९ रूपैयाँ ८८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार ५ सय ४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

लघुवित्तको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ५ औँ वार्षिक साधारण सभा पुस १० गते, सनिबार संस्थाको केन्द्रिय कार्यलय तिलोत्तमा, रुपन्देहीमा भर्चुअल माध्यामबाट अपरान्ह १ बजेबाट सूरु हुनेछ । 

सभामा असोज १७ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय २९ रूपैयाँ ८२ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ७ सय ३ रुपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

फाइनान्सको मंसिर ७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको अठारौँ वार्षिक साधारण सभा पौष ५ गते, सोमबार, आम्रपाली ब्याङ्केवट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा फाइनान्सको असोज २५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको