Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकद्वारा ८ लाख भन्दा बढी नगद हस्तान्तरण

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १२ : ३३ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा ८ लाख भन्दा बढी नगद हस्तान्तरण

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ८ लाख भन्दा बढी नगद हस्तान्तरण गरेकाे छ ।

बैंकले बैंककाे लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५ हजार ७ सय ७४ रूपैयाँ ६० पैसा तथा अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निज मृतकका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १ सय २२ रूपैयाँ ५८ पैसा नगद हस्तान्तरण गरेको हाे ।

उक्त रकम सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मंसिर २१ गते एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।

लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन विमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्चसहित बैंकले बिमा कम्पनीमा रकम दावी गरी सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।

सिटिजन्स बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिव १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताएका छन् । 

                                                                                         

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको