नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी भइरहेको छ । शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेताहरुको व्यवस्थापनमा समस्या भए पनि कांग्रेसले पदाधिकारीको संख्या थप्ने तयारी गरेको हो ।
१३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यको बिहीबार अन्तिम बैठक बस्दै छ । सोही बैठकमा पदाधिकारी संख्या थप गर्ने प्रस्ताव लैजाने तयारी भइरहेको छ ।
जस कारण बिहीबार बिहान साढे ११ बजे बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । नेताहरू बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुग्ने क्रम सुरु भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस