Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस महाधिवेशन : आचारसंहिता विपरीत प्रचार प्रसार गर्दै उम्मेद्वार (फोटोफिचर)

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १७ : ०५ मा प्रकाशित

कांग्रेस महाधिवेशन : आचारसंहिता विपरीत प्रचार प्रसार गर्दै उम्मेद्वार (फोटोफिचर)

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको निर्वाचन आचारसंहिताविपरीत उम्मेद्वारहरूले प्रचारप्रसार गरेको पाइएको छ । 

२४ मंसिरदेखि कांग्रेसको महाधिवेशन सुरु हुँदै छ । महाधिवेशन सुुरु हुनुअगावै विभिन्न पदका उम्मेद्वारहरूले आफ्नो फोटोसहितको उम्मेद्वारी घोषणा गरेको पर्चा पम्प्लेट महाधिवेशनस्थलमा टाँस्न थालेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनको आचारसंहिताअनुसार माहधिवेशनस्थलको वरवपर उम्मेद्वारहरूले पोष्टर, पम्प्लेट, माइकिङ जस्ता प्रचारप्रसारका सामग्री प्रयोग गर्न पाइँदैन । तर, उम्मेद्वारहरूले आचारसंहिता विपरीत जथाभावी प्रचारप्रसारका सामग्री टाँस गरिरहेका छन् । 

महाधिवेशनको आचारसंहिताविपरीत उम्मेद्वारहरूले प्रचारप्रसार गरेको भन्दै प्रहरी/प्रशासनले नै त्यसलाई हटाउन निर्देशन दिएको  छ ।

महाधिवेशनस्थलमा खटिएका प्रहरीले आचारसंहिताविपरीत गरिएको प्रचारप्रसारको सामग्री तुरुन्त हटाउन प्रहरीले माइकिङ गरेको छ ।

61b1e6c8e901e.jpg 61b1e6c92ff0d.jpg 61b1e6ca380de.jpg 61b1e6cc84a3a.jpg 61b1e6cd4ca86.jpg 61b1e6cde2919.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको