Like us!
Follow us!
Connect us!
Watch us!

नबिलबैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १८ : १५ मा प्रकाशित

नबिलबैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

नबिल बैंकले आधिकारिक रुपमा ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । ‘नबिल डिजिबैंक पोर्टल’मार्फत् बैंककाग्राहकहरूले एकद्धार (single window ) मार्फत् अनलाइन सेवाहरू प्राप्तगर्न सक्नेछन् ।

ग्राहकलाई सहज र सरल बैंकिङ अनुभवप्रदानगर्न यस पोर्टलमार्फत् बैंकले आफ्नो उत्पादन-सेवालाई स्वचालितबनाएको छ ।नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले शुक्रबार आयोजित एक कार्यक्रम बिच नबिल डिजि बैंक पोर्टलको सुरुवात गरेका छन् । कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब भने साच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको छ । विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुंगा पार गरेर देखाएको छ । बैंकका विभिन्न उपलब्धीमध्ये नबिल डिजिबैंक पनि एक हो । बृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० माउक्त परियोजना स्थापना गरिएको थियो । बैंकले शुक्रबार नबिल डिजिबैंक पोर्टलमार्फत् उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामाथप एक पाइला अघि बढाएको छ ।


नबिल डिजि बैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट÷क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल÷एसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामीदिनमा अन्य धेरै अनलाइन सेवाहरु थपगर्दै जाने योजना बनाएको छ । 

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवाहरुसमेत सार्वजनिक गरेका छन् ।  । भीकेवाइसीको सुरुवातसंगै ग्राहकहरूसंग केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको छ ।भीकेवाइसी छनौट मार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आङ्खनो परिचयवापूर्व निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान सम्बन्धी कार्य पुरा गर्नुपर्ने हुन्छ । 

त्यसैगरी,नबिल भर्चुअल आईकार्ड नबिल स्मार्टबैंक एपभित्रइमबोस्ड गरिएको सेवाहो । जसको माध्यमबाट ग्राहकले सजिलैसंग आङ्खनो प्यान अपलोड गरी भर्चुअल आईकार्डका लागि आवेदनदिन सक्नेछन् ।

साथै, ब्यालेन्स टप–अपपनि गर्न सकिन्छ । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्तीमिति, सीभीभी) सहित मोबाइल बैंक एपभित्रभर्चुअल कार्ड तुरन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतिय रुपैया बाहेक) ई–कारोबारका लागिपनिप्रयोग गर्न सकिन्छ  । 

कार्यक्रममा बोल्दै बैंककँ प्रमुख कार्यकारी अधिकृत शाहले यो नबिल बैंकको डिजिटल यात्राको शुरुवातमात्रै भएको र अघि बढ्दै गर्दा हामीले नबिल डिजिबैंक पोर्टलमा बैंकका धेरैभन्दा धेरै सेवामात्रउपलब्ध गराउने मात्रनभई बैंकको सेवाका साथै अन्य संस्थाहरूसंग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना,किनमेल लगायत सुविधा समेत प्रदान गर्ने जानकारी गराए । 

61b1f71276bc8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको