Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न प्रभु बैंकले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

शुक्रबार, २४ मंसिर २०७८, १० : १९ मा प्रकाशित

लाभांश पारित गर्न प्रभु बैंकले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २२ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बीसौँ वार्षिक साधारण सभा पौष १८ गते, बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ४ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष १ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61b2d961318d1.jpg 61b2d968c6345.jpg 61b2d96da6c0c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको