Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल र स्लोभेनियाबीच आर्थिक सम्बन्ध विस्तारमा काम गरौं : राजदूत घोस

अर्थ संसार

शुक्रबार, २४ मंसिर २०७८, १२ : ४६ मा प्रकाशित

नेपाल र स्लोभेनियाबीच आर्थिक सम्बन्ध विस्तारमा काम गरौं : राजदूत घोस

भारत र नेपालका लागि स्लोभेनियाकी राजदूत मोताया बोदेब घोसले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारमा जोड दिएकी छिन् । नेपाल उद्योग परिसंघको पदाधिकारीसँगको भेटमा राजदूत घोसले नेपाल र स्लोभेनियाबीचको व्यापार वृद्धि गर्न सकिने क्षेत्रको पहिचान गरी आर्थिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले स्लोभेनियाले दीगो पर्यटनमा उदाहरणीय काम गरेको भन्दै नेपालले पनि यसमा काम गर्न सक्ने उल्लेख गरेकी छिन् । राजदूत घोसले नेपालमा विदेशी लगानीका सम्भावना रहेका क्षेत्रमा स्लोभेनियाका लगानीकर्ता आकर्षित गर्न आफूले पहल गर्ने बताइन् । ‘नेपाल र स्लोभेनियाबीच दुईपक्षीय आर्थिक सम्बन्ध विस्तारका धेरै सम्भावना रहेका छन्,’ उनले भनिन्, ‘अब हामीले दुईपक्षीय व्यापार विस्तार एवं लगानी वृद्धिका लागि काम गर्नुपर्छ ।’

छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा कृषि, पर्यटन, जलविद्युतलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको भन्दै स्लोभेनियाका लगानीकर्ताले लगानी गर्न सक्ने उल्लेख गरेका छन् । ‘नेपाल सरकारले नीतिगत सुधारका धेरै काम गरेको छ,’ उनले भने, ‘विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हो ।’ अध्यक्ष अग्रवालले नेपालमा हरित ऊर्जाको अथाह सम्भावना रहेको र नेपालमा उत्पादित ऊर्जा निर्यातको बजार पनि प्रसस्त रहेकाले विदेशी लगानीकर्ताले ढुक्कले लगानी गर्न सक्ने बताए । 

परिसंघका पूर्वअध्यक्ष एवं स्लोभेनियाका अवैतनिक महावाणिज्यदूत हरिभक्त शर्माले स्लोभेनियाले प्रविधिको क्षेत्रमा ठूलो विकास गरेकाले नेपालले पनि औद्योगिक क्षेत्रका लागि आवश्यक प्रविधि भित्र्याउन सक्ने उल्लेख गरेका छन् । 

परिसंघको कार्यालयमा भएको भेटमा परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे तथा बैंकिङ समितिका सभापति अनलराज भट्टराई, एजुकेसन काउन्सिलका सभापति द्विराज शर्मा, राष्ट्रिय परिषदका सदस्य सुरजभक्त पौडेल र महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको