Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिकमा ग्याष्ट्रोइन्टेरोलोजिष्टको फ्री ओपिडी हुने

अर्थ संसार

शुक्रबार, २४ मंसिर २०७८, १४ : ३३ मा प्रकाशित

नर्भिकमा ग्याष्ट्रोइन्टेरोलोजिष्टको फ्री ओपिडी हुने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । 

नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर.डा. सीताराम चौधरीले शनिबार निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । 

पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुले डा. चौधरीको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ । 
डा.चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ ।  

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको