Like us!
Follow us!
Connect us!
Watch us!

महाधिवेशन हेर्न आएका युवाहरूकाे गुनासाे- वृद्ध नेताहरूले युवालाई अवसर दिँदैनन्

अर्थ संसार

शनिबार, २५ मंसिर २०७८, ०७ : ५१ मा प्रकाशित

महाधिवेशन हेर्न आएका युवाहरूकाे गुनासाे- वृद्ध नेताहरूले युवालाई अवसर दिँदैनन्

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि देशभरबाट चार हजार ६०० प्रतिनिधिहरू सहभागी छन् । तीमध्ये सयौँ संख्यामा युवाहरूको उपस्थिति देखिन्छ । तर, महाधिवेशनमा आएका युवापंक्ति भने कांग्रेसको नेतृत्वमा युुवा पुस्ताहरूलाई आउनबाट वृद्ध नेताहरूले अवरोध गर्ने गरेको भन्दै गुनासो गरेका छन् । 

‘आउन त देशभरबाट महाधिवेशनमा युुवाहरू पनि प्रतिनिधी भएर आएका छन् । तर, सभापतिमा र अन्य ठूला पदमा भने बुढापाका नेताहरूले नै ठाउँ ओगट्छन् । युवा पुस्तालाई अवसर भन्ने नारा लगाउने अनि अवसर भने आफैँ लिइराख्ने गर्छन्’, लमजुङबाट महाधिवेशन हेर्न आएका सन्तोष श्रेष्ठ भन्छन् । 

काभ्रेबाट आएका सूर्यबहादुर लामा पनि कांग्रेसको अधिकांश केन्द्रीय पदमा युवाहरूको नेतृत्व देख्न चाहन्छन् । तर, युवा पुस्ताले खासै अवसर नपाउने उनको तर्क छ । 

लामा भन्छन्, ‘हाम्रो इच्छा त युवाहरू धेरैभन्दा धेरै नेतृत्वमा आउन पाउनु पर्छ भन्ने हो । युवाहरू नेतृत्वमा आए समृद्धि र रुपान्तरण सम्भावना छ । तर, पार्टीमा क्षमता, दक्षताभन्दा बढी उमेर हेरिन्छ । वृद्ध नेताहरू नै नेतृत्वमा आउन खोज्छन् ।’

पछिल्लो समय कांग्रेसमा युवाहरूको नेतृत्वका विषयमा व्यापक रूपमा बहस हुने गरेको छ । तर, बहस भएअनुसार अवसर दिनबाट पार्टी नेतृत्वहरू लागि नपरेको महाधिवेशनमा भेटिएकी सुनिता रिमालको बुझाइ छ । 

उनी भन्छिन्, ‘भन्न त अब युवाहरूलाई अवसर भनिन्छ नि । तर, पद दिने बेला सधैँ पछाडि पारिन्छ । जसले नेताको चाकडी गर्छ, जाे धनि छ, उसले अjसर पाउँछ । नत्र आम युवाहरूले खासै अवसर पाउँदैनन् ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको