Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाईफको २ लाख कित्ता संस्थापक सेयर बेच्दै प्रुडेन्सियल क्यापिटल, किन्ने कसरी ?

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, ०७ : १७ मा प्रकाशित

नेपाल लाईफको २ लाख कित्ता संस्थापक सेयर बेच्दै प्रुडेन्सियल क्यापिटल, किन्ने कसरी ?

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख १३ हजार १ सय कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनीहरू अशोक कुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएका हुनाले कम्पनीले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै म्पनीका संस्थापक शेयरधनीहरूले आफूले धारण गरेको शेयर बिक्री गर्न इच्छुक रही सञ्चालक समिति समक्ष निवेदन दिनुभएको हुँदा बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नं. ११ बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीको केन्द्रिय कार्यालय, कमलादी काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले जनाएको छ । 

61b6a32847d61.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको