Like us!
Follow us!
Connect us!
Watch us!

छिमेकी देश चीनको इन्डेक्स विश्वमै तेस्रो ठूलो छ, के उनीहरु सामन्ती हुन् ?

प्रकाश सापकाेटा

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, १६ : ५५ मा प्रकाशित

छिमेकी देश चीनको इन्डेक्स विश्वमै तेस्रो ठूलो छ, के उनीहरु सामन्ती हुन् ?

विगतका सेरोफेरोमा हेर्न हो भने पनि नौलो कुरा त होइन, बेला बखतमा हाम्रा नेताकाे सेयर बजारप्रती नकारात्मक धारणा आइरहन्छन् । हिजो भर्खर एक नेताले पूँजी बजारलाई सामन्तवाद सँग जोडेर २-४ जना अगाडि राखेर खोक्रो भाषण गरे ।

उहाँलाई मेरो प्रश्न छिमेकी देश चीन पनि कम्युनिष्ट देश हो जसकाे सेयर मापक सूचक विश्वकै तेस्रो ठूलो मानिन्छ । के उनीहरु पनि सामन्ती हुन् ? नेपालमा भर्खर भर्खर सेयर बजारको भविष्य देखेर लागेका ती ४७ लाख लगानिकर्ता के सबै सामन्ती हुन् ? यही बजारबाट साउन महिनाको डाटा हेर्ने हो भने झण्डै तीन अर्ब राजस्व सरकारी पोल्टामा गएको छ र पछिल्लाे महिनाको अवस्था हेर्ने हो भने त्यो घटेर जम्मा ६१ करोडको हाराहारीमा आएको छ ।

सरकार सेयर बजारलाई हेर्ने चस्मा फेर्नु पर्यो अनि मात्र देशको भलो हुन्छ । छिमेकीहरुको इन्डेक्स कहाँबाट कहाँ पुगिसक्यो, हाम्रो भने २-४ दिन हरियो हुँदैमा यहाहरुलाई टाउको दुख्ने । अनि मलाइ बुझाइदिनुस् सेयर बजार कसरी सामन्ती भयो ? विगतमा सबैतिर ठप्प हुदा सरकारी खर्च धान्ने यही बजार होइन ?

देशमा एउटा गतिलो रोजगार छैन कमसेकम केही मानिस बजारमा लागेर जिविका चलाइरहेका छन् अनि टाउको दुखाई किन सरकार ?लगानीकर्ताले धेरै धैर्य गरेका छन् । कृपया त्यो धैर्यताको डोरी चुँडाउने प्रयास नगरियोस् यत्ती आग्रह गर्छु बनाउनु पर्दैन, नभत्काइदे पुग्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको