Like us!
Follow us!
Connect us!
Watch us!

दर्जनाैं महिलामाथि चिकित्सकको बलात्कार: पीडित महिलाले ३८ करोड डलर क्षतिपूर्ति पाउने

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, १० : १४ मा प्रकाशित

दर्जनाैं महिलामाथि चिकित्सकको बलात्कार: पीडित महिलाले ३८ करोड डलर क्षतिपूर्ति पाउने

अमेरिकाका एक पूर्वचिकित्सकको यौन दुर्व्यवहारबाट पीडित दर्जनौं महिलाले ठूलो क्षतिपूर्ति रकम पाउने भएका छन् । महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्वचिकित्सक डा. ल्यारी नासरको दुर्व्यवहारबाट पीडित महिलाले कूल ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका हुन् ।

यौन कान्डको वर्षौपछिको कानुनी लडाइँपछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाएको हो । यो क्षतिपूर्ति यौन दुर्व्यवहारका घटनामा अमेरिकी इतिहासमै अहिलेसम्मकै ठूलो हो । 

अमेरिकाको महिला जिम्न्यास्टिक राष्ट्रिय टोली र मिसिगन स्टेट युनिभर्सिटीका ३०० भन्दा बढी महिलाले डा. नासिरले आफूहरुमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै आएका थिए । नासिरले आफूहरुलाई पटक पटक बलत्कार गरेको ओलिम्पिक्स विजेता खेलाडीलेसमेत गुनासो गरेका थिए ।

यसअघि सन् २०१८ मा मिसिगन स्टेट युनिभर्सिटीले ५० करोड डलर क्षतिपूर्ति दिने सहमति जनाएको थियो  । तर, पछिल्लो सहमतिमा  यूएसए जिम्न्यास्टिक्स र मिसिगन स्टेट युनिभर्सिटीले गरी कूल ३८ करोड डलर क्षतिपूर्ति दिन तयार भएका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको