Like us!
Follow us!
Connect us!
Watch us!

अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, १७ वर्षीय किशोर पक्राउ

अर्थ संसार

बुधबार, ०५ असार २०८१, ११ : ५३ मा प्रकाशित

अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, १७ वर्षीय किशोर पक्राउ

अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् ।

अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको  छ ।

किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जााकारी दिएको छ ।

उपचारपछि किशोरीले आफूमाथि जबरजस्ती करणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको छ । 

उनकाअनुसार पक्राउ परेका किशोर किशोरीका नातेदार नै हुन् । उनीहरू एउटै विद्यालयमा अध्ययन गर्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको