Like us!
Follow us!
Connect us!
Watch us!

क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, ०७ : १७ मा प्रकाशित

क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ । आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो । पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको प्रहरीले जनाएको छ । 

कैलाली घर भई बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ । यही असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो । पीडित महिलाको बुधबार स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आउन बाँकी छ । क्याम्पस प्रमुख नेगीले पदबाट समेत राजीनामा दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको