Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुले व्याज नबढाउने, सेयर बजारमा सकारात्मक प्रभाव पर्ने

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, १० : १५ मा प्रकाशित

बैंकहरुले व्याज नबढाउने, सेयर बजारमा सकारात्मक प्रभाव पर्ने

बैंकहरुले पुस महिनाका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । बजारमा पैसाको अभाव कायम छ यस्तो अवस्थामा बैंकले ब्याज बढाउदा पनि निक्षेप नआउने निष्कर्शमा बैंकरहरु पुगेका हुन् ।

बैंकहरुले मंसिर महिनामा काउम व्यादरलाई नै निरन्तरता दिने भएका हुन् । वाणिज्य बैंकहरुले मंसिरमा कायम व्यक्तिगत मुद्दति निक्षेपतर्फ अधिकतम १०.०५ प्रतिशत र संस्थागततर्फ ९.०५ प्रतिशत ब्याजदरलाई पुसमा निरन्तरता दिएका छन्।

त्यस्तै विकास बैंकहरुले पनि मंसिरमै कायम व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम १०.२५ प्रतिशत र संस्थागततर्फ ९.२५ प्रतिशतलाई नै निरन्तर कायम गरेका छन् त्यसैगरी फाइनान्सहरुले पनि व्यक्तिगत मुद्दति निक्षेपमा १०.३५ प्रतिशत र संस्थागततर्फ ९.३५ प्रतिशत ब्याजदर नै कायम गरेका छन् ।

बैंकहरुले व्याजदर नबढाएपछि यसको सकारात्मक असर सेयर बजारमा पर्ने जानकारहरुको तर्क छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको