Like us!
Follow us!
Connect us!
Watch us!

समीट लघुवित्तले डाक्याे साधारण सभा, लाभांश वितरणसँगै एफपीओ निष्कासन गर्ने एजेन्डा

अर्थ संसार

शुक्रबार, ०२ पुस २०७८, १२ : २५ मा प्रकाशित

समीट लघुवित्तले डाक्याे साधारण सभा, लाभांश वितरणसँगै एफपीओ निष्कासन गर्ने एजेन्डा

समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे (पाैष १ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेर्हाैँ वार्षिक साधारण सभा पाैष २४ गते, शनिबार, आँबुखैरेनी रेष्टुरेन्ट एन्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५.२८५३१६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा मर्जर तथा बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग ७ लाख ५१ हजार ७ सय १२ कित्ता सेयर एफपीओको रूपमा जारी गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

सभामा वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । त्यसैगरी, अन्य लघुवित्त वित्तीय संस्थासंग मर्ज अथवा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरू पारित हुनेछ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १५ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

61bc326fbef02.jpg 61bc327dc6757.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको