Like us!
Follow us!
Connect us!
Watch us!

ओमिक्रोन भेरियन्ट बढेपछि नेदरल्यान्ड्समा लकडाउन

अर्थ संसार

आइतबार, ०४ पुस २०७८, १२ : २९ मा प्रकाशित

ओमिक्रोन भेरियन्ट बढेपछि नेदरल्यान्ड्समा लकडाउन

क्रिसमस नजिकिदै जाँदा नेदरल्यान्ड्समा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण बढेपछि नेदरल्यान्ड्समा आगामी १४ जनवरीसम्म लकडाउन गरिएको हो । सम्पूर्ण अत्यावश्यक बाहेकका  पसलहरु, सांस्कृतिक तथा मनोरन्जन स्थल बन्द हुने भएका हुन् । त्यस्तै, ९ जनवरीसम्म सम्पूर्ण विद्यालय बन्द हुनेछन् । 

युरोपेली मुलुक नेदरल्यान्ड्समा ओमिक्रोन भेरियन्ट तीव्र ढंगले फैलिएको छ । इयु प्रमुख युर्सुला भोन डेर लेयनले जनवरीको मध्येमा ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने चेतावनी दिएका छन् ।

ओमिक्रोन फैलिएपछि युरोपका विभिन्न देशहरुले विभिन्न प्रतिबन्ध लगाएका छन् । ओमिक्रोन भेरियन्ट नोभेम्बरको अन्त्यतिर सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । संक्रमण देखिएपछि दक्षिण अफ्रिकामाथि विभिन्न देशहरुले यात्रा प्रतिबन्ध लगाएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको