Like us!
Follow us!
Connect us!
Watch us!

राेकिएन सेयर बजारकाे ओरालो यात्रा, कहिले फर्किएला राैनक ?

नेप्से

सोमबार, ०५ पुस २०७८, १५ : ०५ मा प्रकाशित

राेकिएन सेयर बजारकाे ओरालो यात्रा, कहिले फर्किएला राैनक ?

आज (साेमबार) पनि सेयर बजार घटेकाे छ । लगातार घटिरहेकाे सेयर बजारले साेमबार पनि ओरालो यात्रालाई नै निरन्तरता दिएको हो । साेमबार नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार हुने ११ वटा उपसमूह ओरालो लागेका छन् । काराेबार रकम पनि निरन्तर घट्दै गइरहेकाे छ ।

पूँजी बजारमा निरन्तर विभिन्न व्यक्ति र नियामक निकायहरूबाट प्रहार भइरहँदा सेयर बजार घटिरहेकाे लगानीकर्ताहरूकाे भनाइ छ । बजार अलिकति बढ्न खाेज्याे भने कतै न कतैबाट बजारलाई प्रहार भइहाल्छ । यस्ताे हुँदा लगानीकर्ताकाे मनाेबल घट्दै गइरहेकाे छ । बजारमा तरलताकाे अभाव पनि कायमै छ । यदी अहिलेकाे अवस्थामा नियामक निकायहरूले सेयर बजारकाे विकासका लागि केही पहल गर्ने हाे भने लगानीकर्ताकाे मनाेबल बढ्छ र बजारमा पनि सकारात्मक माहाेल बन्छ ।

यता छोटो समयमै ३० प्रतिशतको हाराहारीमा घटेको बजार अब तिव्र रुपमा बढ्ने ठाउँमा आइपुगेको चर्चित विश्लेषकहरुले विश्लेषण गरेका छन् ।  प्राविधिक विश्लेषक बिष्णु प्रसाद बस्याल सेयर बजार छोटो समयमै ३०% को हाराहारीमा खसिसकेपछि 'भी' आकारको रिकोभरी हुने इतिहास रहेको भन्दै बजारले २२५५ को लेभलमै बटम लगाइसकेको जस्तो देखिएको र अब तिब्र रुपमा बढ्दै उतार चढाव हुँदै  २ वर्षको समयभित्र नेप्से ६००० भन्दा माथि पुग्ने बताउँछन् ।  यथार्थपरक विश्लेषक भनेर चिनिने सन्दीप चौधरी पनि बजार २२०० भन्दा तल नजानेमा ढुक्क छन् । उनी भन्छन्, "बजार जति घट्नु घटिसक्यो अब बजार बढ्नुको विकल्प छैन। बजारमा विश्लेषण हुने जस्तो बढ्दै गर्दा एकैचोटी बजार ३५०० नपुग्ने तर उतार चढाव हुँदै बजारले अझै लामो यात्रा तय गर्ने उनको विश्लेषण छ।"

नेपाल स्टक एक्सचेञ्जका आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेकाे छ । नेप्से ०.७५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.३४ अंकले घटेर ४५१.१९ विन्दुमा पुगेको छ ।

कूल २३१ वटा कम्पनीकाे ५४ लाख ३९ हजार ८७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८ सय ६३ रुपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

61c04d4ac8364.JPG

61c04d4cb475b.JPG

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये २ वटा उपसमूह बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे सूचक घटेकाे छ । 

साेमबार गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १९ कराेड २७ लाख १० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज गाेर्खाज फाइनान्स कम्पनी लिमिटेड र हिमालयन डिष्टिलरीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । गाेर्खाज फाइनान्सकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार १५ रूपैयाँ ३० पैसा पुगेकाे छ । हिमालयन डिष्टिलरीकाे सेयरमूल्य पनि १० प्रतिशतले बढेर ६ हजार २ सय ३७ रूपैयाँ पुगेकाे छ ।

यस दिन माउन्टेन इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीकाे सेयरमूल्य ६.१७ प्रतिशतले घटेर एक हजार १५ रूपैयाँ १० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको