Like us!
Follow us!
Connect us!
Watch us!

युनियन हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने ४ वटा एजेन्डा

अर्थ संसार

मंगलबार, ०६ पुस २०७८, १२ : १२ मा प्रकाशित

युनियन हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने ४ वटा एजेन्डा

युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो पौष ५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभा पौष २७ गते, मंगलबार ललितपुर ३, धोबिघाटस्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यममार्फत् सञ्चालन गरिनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने, लेखा परीक्षणको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुमाथी छलफल तथा स्वीकृत गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षकको नियूक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रबन्ध सञ्चालकको नियुक्ती र पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष २१ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61c1751b31c50.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको