Like us!
Follow us!
Connect us!
Watch us!

युनियन हाइड्रोले डाक्यो संयुक्त साधारण सभा : शेयरधनीलाई छैन लाभांश

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, ०७ : ३६ मा प्रकाशित

युनियन हाइड्रोले डाक्यो संयुक्त साधारण सभा : शेयरधनीलाई छैन लाभांश

युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले संयुक्त वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे जेठ २३ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १३औँ र १४औँ वार्षिक साधारण सभा असार २५ गते, लिलतपुर-३ धाेबिघाटस्थित कम्पनीकाे रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

कम्पनीले लाभांशकाे प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभाबाट सञ्चालकहरूकाे निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेकाे छ । कम्पनीकाे नियमावली संशाेधन गर्ने पनि सभाकाे विशेष प्रस्ताव रहेकाे छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि असार १५ गतेदेखि असार २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c6b7bfdd8ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको