Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँबासीलाई बार्ह्रै महिना मेलम्चीकाे शुद्ध पानी खुवाउने मन्त्री चौधरीको प्रतिवद्धता

अर्थ संसार

शुक्रबार, २३ मंसिर २०७९, १२ : ५६ मा प्रकाशित

काठमाडौँबासीलाई बार्ह्रै महिना मेलम्चीकाे शुद्ध पानी खुवाउने मन्त्री चौधरीको प्रतिवद्धता

खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भए पनि काठमाडौंबासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका छन् । शुक्रबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंबासीलाई अस्थायी रुपमा भए पनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन् ।

उनले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिबीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए । मन्त्री चौधरीले विज्ञहरुले दिएको सुझाव र एडिबीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा १२ महिनै काठमाडौंवासीलाई पानी खुवाउन सकिने उल्लेख गरेका छन्।

मन्त्री चौधरीले भने, ‘‘१२ महिना नै अस्थायी रुपमा भए पनि काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउँछु । यसको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिबीले पहिलो प्रतिवेदन बुझाइसकेको छ । एडिबीले पहिलो प्रतिवेदन बुझाइसकेको छ र दोस्रो प्रतिवदेन बुझाउने क्रममा छ । भूक्षय भएको ठाउँमा त्यसको रोकथाम कसरी गर्ने ? र कसरी संरचना सुरक्षा गर्ने र स्थायी रुपमा समाधान गर्न कसरी अघि बढ्ने भन्ने बारेमा पनि हामी सोचिरहेका छौँ । हामीले विज्ञहरुले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा १२ महिनै काठमाडौंवासीलाई पानी खुवाउन सक्छौँ ।’’

उनले काठमाडौंबासीलाई बारम्बार मेलम्चीकै पानीका लागि पर्खिनुपर्ने बाध्यता हटाउन सरकारले मेलम्चीको विकल्पको रुपमा यस वर्ष वर्षातको बेलामा बागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा जम्मा गरिएको जानकारी दिए । यसैगरी, याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरी अघि बढाएको साथै सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको र काम पनि भइरहेको बताए । मन्त्री चौधरीले काठमाडौंवासीलाई १२ महिना खानेपानी खुवाउन महादेव खोलाको पनि विकल्पमा काम भइरहेको जानकारी दिए ।

‘‘मानव जीवनका लागि खानेपानी अपरिहार्य आवश्यकता हो । काठमाडौंवासीलाई बारम्बार मेलम्चीकै पानीका लागि पर्खिनु नपरोस्, त्यसकारण मेलम्चीको विकल्पको रुपमा यस वर्ष वर्षातको बेलामा बागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा ल्याएर खसालेका थियौँ । यसको विकल्पको रुपमा याङ्ग्री र लार्केको योजना पनि हामीले बनाइसकेका छौँ ।,’’ उनले भने, ‘‘सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको छ, काम पनि अघि बढेको छ । महादेव खोला पनि विकल्पमा छ । अब आउने दिनमा काठमाडौंको पानीलाई व्यवस्थापन गर्नका लागि अन्य ठाउँको विकल्प दिनसके काठमाडौंवासीले पानीका लागि कसैको मुख हेर्नुपर्दैन । १२ महिना नै काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउनुहुनेछ ।’’

मन्त्री चौधरीले आगामी दिनमा काठमाडौंमा पानी व्यवस्थापन गर्न अन्य ठाउँको विकल्प दिनसके काठमाडौंवासीले कसैको मुख हेर्न नपर्ने बताए। अबदेखि १२ महिना नै काठमाडौंवासीले मेलम्चीको पानी पिउनसक्ने धारणा उनले व्यक्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको