Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीबाटै काठमाडौँ उपत्यका खानेपानीको बिल भुक्तानी सुविधा सुरु

अर्थ संसार

सोमबार, ०२ फागुन २०७८, ११ : २५ मा प्रकाशित

खल्तीबाटै काठमाडौँ उपत्यका खानेपानीको बिल भुक्तानी सुविधा सुरु

काठमाडौँवासीले लामो समयदेखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ । 

व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको छ । त्यति मात्र हैन, ‘खल्ती’ बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन्।  

यस सेवाका बारे थप बोल्दै ‘खल्ती’ का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाडौँका बासिन्दाहरुले वर्षौँदेखि पर्खी आएका छन् र यस सेवालाई हामीले डिजिटल रूपमा दिन पाउँदा धेरै उत्साहित  छौं।” 

‘खल्ती’ बाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदी २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ। त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्ट बाट भुक्तानी गर्न सकिनेछ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको