Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंक सहित ४ कम्पनीको सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, ०७ : ०० मा प्रकाशित

एनएमबि बैंक सहित ४ कम्पनीको सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा २ वाणिज्य बैंक सहित ४ कम्पनीहरुको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयर प्रयोजनका लागि एनएमबि बैंक, नेपाल एसबिआई बैंक, गणपति लघुवित्त र छिमेक लघुवित्तको सेयर मूल्य समायोजन गरिएको हो । 

कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेका थिए । त्यसैले पौष ६ गते मंगलबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

एनएमबि बैंक लिमिटेडको १२.५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३६ रूपैयाँ ३६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३ सय ७८ रुपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको छब्बीसौँ वार्षिक साधारण सभा पौष २२ गते हुनेछ । 

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ७४ रूपैयाँ ७९ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय ९८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको कार्तिक १० गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाको पाँचौ वार्षिक साधारण सभा पौष १७ गते शनिबार, ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी(४, दुलेगौँडा, तनहुँमा बिहान ११ बजेबाट हुनेछ ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार २ सय ४० रूपैयाँ ०८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ५ सय ७४ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको मंसिर १ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको २० औँ वार्षिक साधारण सभा पुस २३ गते, शुक्रबार होटल सामना प्रा।ली मकवानपुर हेटौडा बिहान ११ बजेबाट सूरु हुनेछ । 

नेपाल एसबिआई बैंक लिमिटेडको ३.५० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ४४ रूपैयाँ ८३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३ सय ५६ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको मंसिर ७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी १.८१ प्रतिशत नगद गरी कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकको अठ्ठाइसौँ वार्षिक साधारण सभा पौष २० गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 
 

61c27ce0e0327.JPG 61c27ce0e2b75.JPG 61c27ce156388.JPG 61c27ce170e07.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको