Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, १० : ४५ मा प्रकाशित

चन्द्रागिरी हिल्सले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

चन्द्रागिरी हिल्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौष ५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको बाह्रौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार चन्द्रागिरी हिल्सको कार्यालय, थानकोट, टप स्टेशन परिसरमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत बाह्रौँ वार्षिक प्रतिवेदन पारीत गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तिय विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजीम आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने लगायतका सामान्य प्रस्तावहरू पारित गरिनेछ ।

सभाकाे विशेष प्रस्तावमा कम्पनीकाे प्रबन्धपत्रको दफा ४ (१) मा कम्पनीको उद्देश्यमा थप गरी संसोधन गर्ने र उक्त संसोधनमा नियमक निकायबाट सुझाव वा निर्देशन भएमा सो बमोजिम आवश्यक संसोधन वा परिमार्जनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेकाे छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १६ गते शुक्रबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61c2b3a968c48.jpg 61c2b3ae6dcdd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको