Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकको लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, ११ : ०३ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकको लिलामी सेयर भर्ने आज अन्तिम माैका

एक्सेल डेभलपमेन्ट बैंकले  मंसिर २९ गते, बुधबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर भर्ने आज (पाैष ७ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले सर्वसाधारण समुहतर्फ २७ हजार २ सय ५७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हो । 

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लिलामी सेयरको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ। लिलामीको सेयरमा एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरुः पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटबल, आदर्शनगर वीरगंज र गोल्छाचोक विराटनगर तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालयहरु: नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको