Like us!
Follow us!
Connect us!
Watch us!

कतै तपाईँलाई ‘पीसीओएस’ त भएको छैन ? यसरी थाहा पाउन सकिन्छ : डा. दिपमाला कार्की

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, १६ : ५८ मा प्रकाशित

कतै तपाईँलाई ‘पीसीओएस’ त भएको छैन ? यसरी थाहा पाउन सकिन्छ : डा. दिपमाला कार्की

पीसीओएस भनेको महिलामा हुने एक प्रकारको हर्मोनको गड्बढी हो । पीसीओएस महिलालाई हुने एक समस्या पनि हो । जसलाई पोलिसाइटिक ओभरी सिन्ड्रोम पनि भनिन्छ । वास्तविक कारण थाहा नभए पनि यसका समस्यासँग विभिन्न तत्वहरु सम्बन्धित हुन्छन् । यी तत्वहरु अन्तर्गत इन्सुलिनको प्रतिरोध गर्ने, एन्ड्रोजेन नाम गरेको हर्मोनको मात्रा बढी हुने र महिनावारी अनियमित हुने गर्छ ।  

जसमा महिलाहरुको डिम्वासयले स–सानो र धेरै मात्रामा पानिको फोका (Cysts) बनाउँछ । अल्ट्रासाउन्ड गराउँदा १२ वटाभन्दा बढी अण्डासयहरुमा धेरै अण्डाहरु देखिन्छ । र, अण्डाको आकार ठुलो देखिन्छ । यो चाँहि मुख्यतया १५ देखी ४५ बर्षको महिलामा यस्तो समस्या हुने गर्दछ । 

यस्ता हुन्छन् लक्षणहरु   

महिला उर्वरता नहुनुको प्रमुख कारण पीसीओएस पनि एक हो । यो समस्या भएका ८० प्रतिशत महिला मोटोपनको सिकार भएका छन् । यससँगै धेरै मात्रामा र नचाहिने ठाँउमा रौहरु पलाउने, जस्तै गालामा, हातगोडामा, छातीमा, गालामा धेरैमात्रामा डन्डिफोर आउने, बढिमात्रामा तौल बढ्नु, पेटमा बोसो जम्ने, धेरै मात्रामा कपाल झर्नु, मुटुमा समस्या देखिनु, डाईबिटिज हुनु जस्ता यसका लक्षणहरु हुन् । 

यस्ता लक्षणहरु देखिएमा हर्मोन लेबल हेर्ने रगतमा Serum Estrogen, Serum Progesterone, Serum Testosterone को परिक्षण गर्नु पर्छ । यसका साथै Pelvis Ultrasound गर्ने Sugar Level गर्ने गर्नुपर्छ ।  

समाधानका उपाय के-के हुन् ?

दैनिक रुपमा शरिरिक व्यायाम गर्ने, सन्तुलित भोजन खाने प्रोटिन बढी र कार्वाेहाईडेट भएको खाना कम खानुपर्छ । त्यस्तै, दैनिक रुपमा आफ्नो स्वास्थ्यको परिक्षण गराउने, सुगरको जाँच गर्ने र सुगर देखिएमा डाक्टरको सल्लाह बमोजिम सुगरको औषधीहरु खाने ।

(डा. कार्की स्त्री रोग तथा निशन्तान विशेषज्ञ हुन् । उनी हाल एभरेष्ट अस्पतालका कार्यरत छिन्)    

  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको