Like us!
Follow us!
Connect us!
Watch us!

एक विकास बैंक सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको लाभांश कति ?

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, ०७ : ०१ मा प्रकाशित

एक विकास बैंक सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको लाभांश कति ?

आज ज्योति विकास बैंक सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ज्योति विकास बैंक, एनएमबि लघुवित्त, सुर्य लाईफ इन्स्योरेन्स र बुटवल पावर कम्पनीका आजसम्म कायम सयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । 

ज्योति विकास बैंकको गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई वितरणको प्रस्ताव गरेको चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ४.५ प्रतिशत नगद सहित कुल १५.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।  

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको बीसौँ वार्षिक साधारण सभा पौष २३ गते, लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरणको प्रस्ताव गरेको चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।  

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको ९ औँ वार्षिक साधारण सभा पौष २६ गते, होटल पोखरा ग्रान्ड पोखरामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सुर्य लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई वितरणको प्रस्ताव गरेको चुक्ता पूँजीको १२.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।  

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको तेहौँ वार्षिक साधारण सभा पौष १९ गते, होटल ह्यारिसन प्यालेस विराटनगरमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई वितरणको प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि  समेत गरी १० प्रतिशत नगद गरी कुल २० प्रतिशत सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।  

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष ११ गतेदेखि पौष २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ८ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको २९ औँ वार्षिक साधारण सभा पौष २६ गते सोमबार, कम्पनीको रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौँमा बिहान ११ बजेबाट हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको