Like us!
Follow us!
Connect us!
Watch us!

आज सम्म कायम सेयरधनीहरुले मात्र समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद पाउने

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, ०७ : ११ मा प्रकाशित

आज सम्म कायम सेयरधनीहरुले मात्र समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद पाउने

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सले १ः०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको  २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासन गर्न मंसिर २९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

फाइनान्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको