Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सले डाक्यो साधारण सभा, सेयरधनीको हात खाली

अर्थ संसार

शुक्रबार, ०९ पुस २०७८, ०८ : ५१ मा प्रकाशित

समृद्धि फाइनान्सले डाक्यो साधारण सभा, सेयरधनीको हात खाली

समृद्धि फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको हिजो पौष ८ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको २० आँँ वार्षिक साधारण सभा पौष ३० गते, शुक्रबार होटल एभोकाडो हेटौँडा, मकवानपुरमा बिहान १० बजेदेखि सुरु हुनेछ । 

फाइनान्सले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । त्यसैले, संस्थाका सेयरधनीहरूको हात खाली हुनेछ । 

फाइनान्सले साधारण सभा प्रयोजनका लागि पौष १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छः

61c539a628ffe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको