Like us!
Follow us!
Connect us!
Watch us!

सेन्चुरी बैंकको साधारणसभा ३० पुसमा, मर्जर सम्बन्धी विशेष प्रस्ताव

अर्थ संसार

शुक्रबार, ०९ पुस २०७८, १० : ५८ मा प्रकाशित

सेन्चुरी बैंकको साधारणसभा ३० पुसमा, मर्जर सम्बन्धी विशेष प्रस्ताव

सेन्चुरी बैंकले ३० पुसमा ११औं वार्षिक साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ ।

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट पाँच दशमलव ७५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमाा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा छन् । 

सभा प्रयोजनका लागि बैंकले १९ पुसमा बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, १८ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको