Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बीमा पठाओमा, के छन् त प्रावधान ?

अर्थ संसार

शुक्रबार, ०९ पुस २०७८, १४ : ०९ मा प्रकाशित

नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बीमा पठाओमा, के छन् त प्रावधान ?

नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बीमा पठाओमा उपलब्ध छ । पठाओले एभरेष्ट इन्स्योरेन्ससँगको  समन्वयमा राइडर र सेवाग्राही दुवैको  राइडको समयको दुर्घटना बीमा सुरु गरेको हो।

राइडर (चालक) र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव दिने उद्देश्यले 'राइड सेयरिङ बिमा' सुरु गरेको पठाओले मोबाइल एप मार्फत राइड रिक्वेस्ट नगरी अफलाइन यात्रा गर्दा बीमा माग दावी गर्न नमिल्ने पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए ।

पठाओ एप मार्फत सहजीकरण गरि उपलब्ध सेवाहरु प्रयोग गर्ने सेवाग्राही तथा राइडर (चालक) हरुको १ लाखसम्मको दुर्घटना उपचार बिमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपाङ्गता हुन पुगेको खण्डमा ५ लाखसम्म बिमा दाबी गर्न सकिन्छ। दुर्घटना भएर उपचारको क्रममा मृत्यु भएमा ६ लाख सम्मको बिमा दावी गर्न सकिने बस्न्यात बताउँछन् ।

सेवाग्राहीले राइड सेयरिङ बीमा दाबी गर्न आफ्नै पठाओ अकाउन्टबाटै राइड बुक गरेको हुनुपर्ने, व्यक्तिगत जानकारी सही हुनुपर्ने र यात्रा सुरु गर्नुपुर्व राइडरको सवारी नम्बर र सवारीको मोडल पठाओ एपमा दर्ता भए बमोजिम छ की छैन जाँच गरेर मात्र सवारी लिनुपर्ने प्रावधान छ ।

सेवाग्राही र राइडरको पठाओ एपमा व्यक्तीगत विवरण सही हुनुपर्ने र दुर्घटना भएपश्चात सेवाग्राही तथा राइडर दुवैले १०० वा १०३ मा फोन गरेर प्रहरीलाई तत्काल खबर गर्नुपर्ने र सोही दिन  पठाओमा  ०१-५९७००९९ मा फोन गरेर वा सामाजिक सञ्जाल मार्फत खबर गरी र दुर्घटना भएकै दिन स्वास्थ्य संस्थामा जाँच गरेको अवस्थामा बिमा माग दावी गर्न सकिने बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको