Like us!
Follow us!
Connect us!
Watch us!

२८ प्रतिशत सर्वसाधारण बीमाको पहुँचमा

अर्थ संसार

आइतबार, ११ पुस २०७८, १३ : ३९ मा प्रकाशित

२८ प्रतिशत सर्वसाधारण बीमाको पहुँचमा

चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्ममा २८ दशमलव १ प्रतिशत सर्वसाधारणको पहुँचमा बीमा सेवा पुगेकाे छ । गत वर्ष यसै अवधिमा बीमाको पहुँच २२ दशमलव १४ प्रतिशत रहेको थियो । 

बीमा समितिका अनुसार मंसिरसम्ममा ९० लाख नाै हजार एक सय ५३ वटा जीवन बीमा, ६ लाख १० हजार वैदेशिक रोजगार गरी कुल ९६ लाख १९ हजार चार सय ४७ वटा जीवन बीमालेख जारी भएको छ । 

जीवन बीमाबाट कम्पनीहरूले मंसिर ०७८ सम्ममा ५७ अर्ब ७९ करोड रुपैयाँ बीमालेख संकलन गरेका छन् । यसैगरी मंसिर मसान्तसम्ममा १२ लाख ४८ हजार निर्जीवन बीमालेखमार्फत ७३ अर्ब २२ करोड बीमाशुल्क संकलन भएको समितिले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षको मंसिरसम्ममा जीवन बीमा कम्पनीहरूले १५ अर्ब ३४ करोड प्रथम बीमा शुल्क उठाएका छन् । यसैगरी, मंसिरमा मात्र तीन अर्ब १३ करोड प्रथम बीमाशुल्क संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको