Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिकले शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिने

अर्थ संसार

आइतबार, ११ पुस २०७८, १४ : १० मा प्रकाशित

नर्भिकले शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मूत्रथैलीमा भएको पत्थरीको शल्यक्रियामा विशेष छुट पाइने अफर सार्वजनिक गरेको छ । 

नर्भिक इन्टरनेशनल हस्पिटलले मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका लागि गरिने विविध शल्यक्रियाहरुको साबिकको शुल्कमा २० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो । 

नर्भिकमा घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मृगौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि उपलब्ध छ । 

मूत्रथैलीको पत्थरी निकाल्नका लागि गरिने शल्यक्रियाहरुमा पुस महिनाभरि साबिकको तोकिएको शुल्कमा २० प्रतिशत छुट पाइने अस्पतालले जनाएको छ । 

नर्भिक अस्पतालले योसँगै पुस महिनाका प्रत्येक शनिवार यूरोलोजी टिमको निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गरिरहेको छ । त्यस्ता ओपिडी सेवामा आएर स्वास्थ्य जाँच गराउने बिरामीहरुको शल्यक्रिया गर्नुपरे सहुलियत उपलब्ध गराइने यसअघि नै घोषणा भएको थियो । सोही अनुसार बिरामीहरुले घोषित सहुलियत समेत पाइरहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको