Like us!
Follow us!
Connect us!
Watch us!

यो जुनीमा कसैले चाहँदैमा दिपेन्द्र अग्रवाल गरिब हुँदैन !

अर्थ संसार

सोमबार, १२ पुस २०७८, ०७ : ०२ मा प्रकाशित

यो जुनीमा कसैले चाहँदैमा दिपेन्द्र अग्रवाल गरिब हुँदैन !

सेयर बजारका ठूला लगानीकर्ता दिपेन्द्र अग्रवालले नेपालका नियामक निकायहरु कसरी वारेन बफेट जस्ता लगानीकर्ताहरु उत्पादन गर्ने भन्ने तिर नभई कसरी निर्मल प्रधान, अम्बिका प्रसाद पौडेल, दिपेन्द्र अग्रवाल जस्ता लगानीकर्ताहरुलाई गरिब बनाउने भनेर लागिपरेको बताएका छन् ।

कसैले चाहँदैमा आफु यो जुनीमा गरिब नहुने भन्दै अग्रवालले त्यस्तो कुचेष्टा नराख्न उनले नियामक निकायहरुलाई चुनौती दिएका छन्।

बजारमा छरिएर रहेको सानो सानो पुँजीलाइ संकलन गरि त्यसलाई सेयर बजारमा लगानी गर्ने उद्देश्यले उनले आफ्नै नेतृत्वमा गोल्डम्यान इन्भेष्टमेन्ट नामको कम्पनी सञ्चालनमा ल्याएका छन् । शनिबार सेयर बजारका बादशाह भनेर चिनिने निर्मल प्रधान र जनता समाजवादी पार्टीका अध्यक्ष्य उपेन्द्र यादवले सो इन्भेष्टमेन्ट कम्पनीको संयुक्त रुपमा उद्घाटन गरेका थिए।

सो उद्घाटन कार्यक्रममा बोल्दै अग्रवालले नियामक तथा राजनीतिक दलहरुले सेयर बजारको महत्व बुझ्न नसकेको बताउदै आगामी निर्वाचनमा सम्पूर्ण लगानीकर्ताहरु एक ठाउँमा उभिएर सेयर बजारको विकास र स्थायित्वको लागि प्रतिवद्ध राजनीतिक दललाइ मात्र भोट दिनुपर्ने बताए। यो सरकारले नेपाली लगानीकर्ताहरुको लगानीको त संरक्षण गर्न सकिरहेको छैन भने विदेशी लगानी भित्र्याउने सपना देख्नु मुर्खता मात्र भएको पनि उनले बताए।

लगानीकर्ताहरुले सेयर बजारमा ठूलो जोखिम उठाएर अलिकति कमाए भने नेपाली नियामक निकायहरु इर्ष्याले जल्ने गरेको पनि उनको भनाइ छ। अग्रवालले सो कार्यक्रम मार्फत सम्पूर्ण सेयर लगानीकर्ताहरुलाई एकै ठाउमा उभिएर एकतावद्ध भई सेयर बजारको विकास र स्थायित्वको लागि सशक्त आवाज उठाउनुपर्ने पनि बताए।

भिडियाे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको